काठमाडौं-निजगढ द्रुतमार्गको काम तोकिएकै समयभित्र सम्पन्न गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

काठमाडौं-निजगढ द्रुतमार्गको काम तोकिएकै समयभित्र सम्पन्न गर्न निर्देशन

काठमाडौं, २८ मंसिर । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जनताको न्यायोचित मागलाई तत्काल सम्बोधन गरी काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै समयभित्र सम्पन्न हुनेगरी प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले खोकना र बुङमतीका जनताको जग्गाको मुआब्जा, स्थानीय सम्पदाहरुको संरक्षण गर्नुपर्ने लगायतका न्यायोचित माग तत्काल सम्बोधन गरी सो द्रुतमार्ग निर्माण कार्य समयमै सम्पन्न गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, रक्षा मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

जनताको न्यायोचित मागलाई तत्काल सम्बोधन गरी सो द्रुतमार्ग निर्माणको कामलाई तोकिएकै मितिमा सम्पन्न गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

खोकनामा सो द्रुतमार्गको कामलाई अघि बढाउन एकीकृत योजना तय गर्न पनि सरकारलाई सचेत गराइएको छ । समितिकी सभापति श्रेष्ठले राष्ट्रिय गौरवको सो द्रुतमार्ग निर्माण कार्यलाई प्रभावकारी बनाउने गरी अन्तर मन्त्रालय समन्वयमा पनि जोड दिन सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

समितिले खोकनाका जनताको माग सम्बोधन गर्न ढिलाई गरिए यसले विकराल रुप लिन सक्नेतर्फ पनि सरकारलाई सचेत गराएको छ । स्थानीय जनताको मागलाई सरकारले उच्च प्राथमिकता दिएर सम्बोधन नगरे सो द्रुतमार्र्ग निर्माण हुन नदिन षडयन्त्र हुन सक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको पनि समितिकी सभापति श्रेष्ठले बताइन् ।

समितिले स्थलगत अध्ययन तथा सम्बन्धित पक्षसँग छलफल गरेपछि सो द्रुतमार्र्ग निर्माण हुन नदिन षडयन्त्र हुन सक्ने निष्कर्ष निकाल्दै सचेत रहन सरकारलाई भनेको हो । करिव १ खरव १६ अरव लागत अनुमान गरिएको सो द्रुतमार्र्गको निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । बैठकमा समितिका सदस्यहरुले सो द्रुतमार्र्गको निर्माण लागत बढ्न नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);