लुम्बिनी प्रदेशमा विशेष अधिवेशन आह्वान, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुम्बिनी प्रदेशमा विशेष अधिवेशन आह्वान, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते विशेष अधिवेशन आह्वान गरेका छन् । उनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम साउन २७ गते बुधबार एक बजे बस्ने गरी विशेष अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवलायले बिहीबार एक सूचना जारी गर्दै विशेष अधिवेशन आह्वानका बारे जानकारी गराएको हो ।

लुम्बिनीका विपक्षी गठबन्धनले केही दिन अघि प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन आह्वानका लागि निवेदन गरेपछि शेरचनले विशेष अधिवेशन आह्वान गरेका हुन् ।

यस अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने बताइएको छ । साउन १८ गते नेपली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);