एमालेले ३,माओवादीले २ तथा जसपा र नागरिक उन्मुक्तिले १ मुख्यमन्त्री पाउने निश्चित | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

एमालेले ३,माओवादीले २ तथा जसपा र नागरिक उन्मुक्तिले १ मुख्यमन्त्री पाउने निश्चित

काठमाडौं,१३ चैत्र । सत्ता गठबन्धनका दलहरू प्रदेश सरकार भागबन्डामा सहमति नजिक पुगेका छन् । एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले वाग्मती र लुम्बिनी जसपाले मधेश तथा नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री पाउनले लगभग निश्चित भएको छ ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको अनौपचारिक छलफलमा प्रदेशको भागबन्डा आजसम्म टुंग्याउने सहमति भएको बताइएको छ । तीन नेताबीच भएको छलफलमा कोशीमा पहिलो चरणमा एमाले, दोस्रो चरणमा माओवादी, मधेशमा जनता समाजवादी पार्टीको नेतृत्वको सरकार निरन्तरता र दुई वर्षपछि एमाले, वाग्मतीमा माओवादीकै निरन्तरता र त्यसपछि एमालेले लिने गरी सहमति नजिक पुगेका छन् ।

यस्तै, गण्डकी र लुम्बिनीमा पहिले माओवादी, त्यसपछि एमालेको मुख्यमन्त्री हुने गरी सहमतिको तयारी छ । कर्णालीमा माओवादीको नेतृत्व परिवर्तन गरी एमाले र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने गरी गृहकार्य भएको बताइएको छ । एकीकृत समाजवादीले मधेश वा वाग्मतीमा केही समय मुख्यमन्त्री दिनुपर्ने दाबी गरेको छ । एकीकृत समाजवादी मधेशमा निर्णायक छ भने वाग्मतीमा हाम्रो नेपाली पार्टी सरकार गठनमा निर्णायक देखिएको छ । कर्णालीमा एमालेलाई नेतृत्व दिनेबारे प्रचण्ड

सकरात्मक भए पनि माओवादीभित्र विवाद छ । हाल कर्णालीमा माओवादीे नेतृत्वको सरकार भएकाले अझै कम्तीमा एक वर्ष यही नेतृत्व हुनुपर्ने माओवादीको केही नेताको भनाइ छ । वाग्मतीमा र गण्डकीमा गठबन्धनको स्पष्ट बहुमत नभएकाले अन्य पार्टीको समर्थन जुटाएर बहुमतका लागि गृहकार्य भइरहेको छ । नयाँ समीकरण बनेसँगै कोशीमा एमालेले दाबी गरेको छ ।

दोस्रो चरणमा माओवादीले नेतृत्वको दाबी गरेको छ । मधेश प्रदेशमा जसपाको नेतृत्वमा सरकार छ । वाग्मतीमा अहिले माओवादीका नेतृत्वको सरकार छ । सुदूरपश्चिम प्रदशेमा गठबन्धनले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिएर कांग्रेस नेतृत्व सरकार विस्थापित गर्ने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);