‘संसद् होइन, ओली सरकार विघटन’ – प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘संसद् होइन, ओली सरकार विघटन’ – प्रचण्ड

धनगढी, १७ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटन नभएको बताउनुभएको छ । दाहालले आफू जीवित रहेको प्रमाण लिएर हिँड्दा समेत कसैले नपत्याएको प्रसंग उल्लेख गर्दै संसद् विघटन नभएको बताउनुभएको हो ।

शनिबार धनगढीमा आयोजित दाहाल–नेपाल पक्षको आमसभामा उहाँले यस्तो भनाई राख्दै प्रधानमन्त्री ओलीको सरकार विघटन भएको बताउनुभएको हो । उहाँले अहिले अदालतमा मुद्दा नभइदिएको भए आफूहरुले संसद् बोलाएर प्रम ओलीलाई कारवाही समेत गर्ने बताउनुभएको छ ।

अरु प्रतिपक्षी दलहरुले समेत केपी ओलीको कदमलाई अलोकतान्त्रिक भनेको बताउँदै संसद्बाट यसलाई थप पुष्टि गर्न सकिने प्रचण्डको तर्क थियो ।कार्यक्रममा प्रचण्डले ओली समूहमा लागेका पूर्वमाओवादीका नेताहरुप्रति आक्रोश पोखेका थिए ।

धनगढीकै नेता समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई लक्षित गर्दै दाहालले ‘दलालको पनि दलाल’ भएको संज्ञा दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);