पुलिसलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

पुलिसलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि

२०८१,१०,१६

नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई ४–० गोलले हरायो । एपीएफको जीतमा सबिता राना मगरले २ तथा सरु लिम्बु र अनु लामाले १र१ गोल गरे । एपीएफले उपाधिसँगै १० लाख र उपविजेता बनेको पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

एपीएफले अपराजित रहँदै उपाधि जितेको हो । महिला लिगमा शुरूमा १० वटा टोलीले प्रतिस्पर्धा गरेका थिए । सिङ्गल राउन्डपछि शीर्ष ५ टोली सुपर लिगमा प्रवेश गरेका थिए ।
एपीएफ शीर्ष स्थानमा रहँदा आर्मी दोस्रो, पुलिस तेस्रो र बाग्मती युथ क्लब चौथो भएको थियो । पाँचौं भएको स्याङ्जाको वालिङ नगरपालिका सुपर लिगबाट बाहिरिएपछि शीर्ष ४ टोली प्लेअफ पुगेका थिए ।

यसैबीच एपीएफकी खेलाडी तथा राष्ट्रिय फुटबल टोलीकी पूर्वकप्तान अनु लामाले घरेलु फुटबलबाट पनि सन्न्यास लिएकी छिन् । एन्फा महिल लिगको समाप्तिसँगै लामाले सन्न्यासको घोषणा गरेकी हुन्

Leave a Reply

ताजा समाचार