त्रिभुवन आर्मीले पायाे एएफसीकाे क्लब लाइसेन्सिङ | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

त्रिभुवन आर्मीले पायाे एएफसीकाे क्लब लाइसेन्सिङ


काठमाडौं, ७ पुष । त्रिभुवन आर्मी फुटवल क्लबले, एशियाली फुटवल महासंघ एएफसीबाट क्लब लाइसेन्सिङ प्राप्त गरेको छ । एएफसीबाट क्लब लाइसेन्सिङ प्राप्त गर्ने आर्मी नेपालको पहिलो फुटबल क्लब हो ।

योसंगै एएफसीले आयोजना गर्ने क्लब स्तरिय प्रतियोगिताहरुमा त्रिभुवन आर्मी फुटबल क्लबले सहभागीता जनाउन पाउने छ । अखिल नेपाल फुटवल संघ एन्फाले अपिल समिती मार्फत आर्मीलाइ क्लब लाइसेन्सिङ प्रदान गरेको हो ।

यसअघि आर्मीले तोकिएको मापदन्डमा केही कमजोरी भएपछि क्लब लाइसेन्सिङका लागि बनेको फस्र्ट स्ट्यान्ड बडीले आर्मीको आवेदन खारेज गरिदिएको थियो । त्योवेला आर्मी छुट्टै फुटवल क्लबका रुपमा दर्ता भएको थिएन ।आर्मीले फुटवल क्लबका रुपमा दर्ता हुदै पुन आवेदन दिएपछि लाइसेन्सिङ प्राप्त गरेको हो ।

लाइसेन्सिङका लागि आफ्नो अभ्यास मैदान हुनुपर्ने, सिनियर टिममा मुख्य प्रशिक्षक, कर्मचारी तथा प्रशासनिक, महिला टिम लगायतका मापदन्ड राखिएका छन् ।आर्मीको यो सफलताले अरु क्लबका लागि पनि ढोका खुलेको एन्फाले विश्वास व्यक्त गरेको छ ।

Leave a Reply