नेपाल सुपर लिगका लागि खेलाडी लिलामी सकियो | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

नेपाल सुपर लिगका लागि खेलाडी लिलामी सकियो

काठमाडौं, ६ चैत। फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिगका लागि खेलाडी लिलामी सकिएको छ । शुक्रबार १ सय ४९ जना खेलाडीलाई समावेश गरिएको लिलामी सकिएको हो । लिलामीबाट ८ खेलाडी सर्वाधिक महँगो मूल्यमा अनुबन्ध भएका छन् ।

सबैभन्दा बढी मूल्यमा अनुबन्धित हुने खेलाडीमा सुजल श्रेष्ठ, दीप कार्की,दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट, तेज तामाङ, सुनिल बल र विशाल सुनुवार रहेका छन् । ती खेलाडीहरु २ लाखमा अनुबन्धित भएका हुन् । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

लिगमा विराटनगर, काठमाडौं, ललितपुर, चितवन, धनगढी ,पोखरा र बुटवल सहभागि हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बैशाख ११ गतेदेखि २५ गतेसम्म ‘नेपाल सुपर लिग’ सञ्चालन हुने छ । नेपालमा पहिलो पटक सुपर लिग’ आयोजना हुने भएको हो ।

अक्सनमा कुल १ सय ४९ जना खेलाडीलाई समावेश गरिएको थियो । ति मध्ये ’ए’ श्रेणीमा २८ , ’बी’ श्रेणीमा ६३ र ’सी’ श्रेणीमा ५८ खेलाडी थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);