युरोपा लिग : म्यानचेष्टर युनाईटेड र डच क्लव एजेड गोलरहित बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

युरोपा लिग : म्यानचेष्टर युनाईटेड र डच क्लव एजेड गोलरहित बराबरीमा

FOOTBALL

एजेन्सी, १७ असोज । युरोपा लिग फुटबलमा प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेड र डच क्लब एजेडबीचको खेल बराबरीमा रोकिएको छ । समुह एल अन्तर्गतको खेलमा युनाईटेडले डच क्लब एजेडसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

डीन हाग मैदानमा भएको खेलमा युनाइटेडले दबाव दिएपनि गोल गर्न सकेन । पहिलो हाफको तुलनामा एजेडले दोस्रो हाफमा उत्कृष्ट खेल्यो । उसले तीन वटा उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन । यता युनाइटेडका युवा खेलाडी विलियमले निकै राम्रो गोलको मौका पाएपनि सहि दिशा दिन सकेनन् । पहिलो खेलमा एस्तानालाई हराएको युनाइटेड एजेडसँग पराजित भएपछि समुहको शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);