ला लिगा : अपराजित लिग टुंग्याउने बार्सिलोनाको चाहना अधुरो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ला लिगा : अपराजित लिग टुंग्याउने बार्सिलोनाको चाहना अधुरो

barca-levente

एजेन्सी, ३१ बैसाख । स्पेनिस ला लिगामा अपराजित रहने बार्सिलोनाको चाहनामा पूर्णविराम लागेको छ । अन्तिम एक खेल बाँकी रहेको अवस्थामा अंक तालिकामा १३ औं स्थानमा रहेको लेभान्टेले यसअघि नै उपाधि रक्षा गरिसकेको बार्सिलोनाको अपराजित रहने चाहनालाई पूर्णविराम लगाइदिएको हो ।

लेभान्टेले गएराति भएको खेलमा बार्सिलोनालाई ५–४ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनालाई पराजित गर्ने क्रममा इमानुअल बोटेङ्गले ह्याट्रिक गरे । उनले खेलको ९, ३० र ४९ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् ।

बार्सिलोनाले २ गोलले पछि परेको अवस्थामा पहिलो हाफमा एक गोल फर्काएको थियो । तर दोस्रो हाफमा लेभान्टेले थप आक्रामक खेल खेल्यो । दोस्रो हाफ सुरु भएको १० मिनेटमै लेभान्टेले तीन गोल ग¥यो । इनिस बार्ढीले ४६ र ५६ औं मिनेटमा दुई गोल गरे ।

५–१ गोल अन्तरले पछि परेको अवस्थामा पहिलो हाफमा एक गोल गरेका फिलिप कोउटिन्होले ५९ र ६४ औं मिनेटमा गोल गर्दै अन्तर घटाए । ५–३ गोल अन्तर रहेको अवस्थामा बार्सिलोनाले ७१ औं मिनेटमा पेनाल्टीको अवसर पायो । लुइस स्वारेजले पेनाल्टी सदुपयोग गरे । तर बार्सिलोनाले त्यसपछि गोल फर्काउन सकेन र उसको अपराजित यात्रा रोकियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);