विश्वकप क्रिकेट फाइनल मिलेमतोका सम्बन्धमा छानबिन शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विश्वकप क्रिकेट फाइनल मिलेमतोका सम्बन्धमा छानबिन शुरु

world cup final

एजेन्सी, १७ असार । श्रीलंका पुलिसले सन् २०११ को विश्वकप क्रिकेट फाइनलमा खेल मिलेमतोका सम्बन्धमा छानबिन थालेको छ । श्रीलंकाका पूर्व खेलकुद मन्त्री महिंदानन्द अल्थगामागेले सन् २०११ को विश्वकप क्रिकेट फाइनलमा खेल मिलेमतो भएको दावी सहित प्रतिवेदन बुझाएपछि श्रीलंका प्रहरीले छानबिन थालेको हो ।

प्रहरीले बुधबार श्रीलंकाका पूर्व कप्तान तथा २०११ को विश्वकपका प्रमुख छनोटकर्ता अरविंद डी सिल्वासँग ६ घण्टा सोधपुछ गरेर छानबिन थालेको छ । प्रहरीले अब श्रीलंकाका शुरुवाती व्याट्सम्यान उपल थरंगासँग सोधपुछ गर्ने छ ।

भारतले विश्वकपको उपाधि जितेको त्यो प्रतियोगिताका बेला फाइनल खेल श्रीलंकाले विक्रि गरेको पूर्व खेलकुद मन्त्री महिंदानन्द अल्थगामागेको दाबी छ । उनले २४ वटा कारण सहित नौ पेज लामो प्रतिवेदन पनि बुझाएका छन् ।

सन् २०११ को विश्वकप क्रिकेट फाइनलमा श्रीलंंकाको कप्तानी गरेका कुमार संगाकारा र अर्का खेलाडी महेला जयेवर्र्धनेले भने यसको खण्डन गरेका छन् । डी सिल्वाले खेल मिलोमतोको छानबिनमा भारतीय क्रिकेट बोर्डले सहयोग गर्नुपर्ने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);