सँगै बस्ने १७ थाई नागरिक रिहा, विपिनको छैन अत्तोपत्तो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सँगै बस्ने १७ थाई नागरिक रिहा, विपिनको छैन अत्तोपत्तो

काठमाडौँ, १५ मंसिर। इजरायल र प्यालेष्टिनी लडाकु समूह (हमास)बीच युद्ध भएको ५५औं दिन बिहीबार अस्थायी युद्ध विराम पुनः एक दिनका लागि थपिएको छ । गत शुक्रबार कतारको मध्यस्थतामा इजरायल र हमासबीच अस्थायी युद्धविराम भएपछि बिहीबार बिहानसम्म सम्झौताअनुसार ६ पटक प्यालेष्टिनी कैदी र हमासद्वारा बन्धक बनाइएका इजरायलीका साथै विदेशी नागरिकहरूको आदानप्रदान भैसकेको छ ।

छ पटक भएको कैदी र बन्धक आदानप्रदानमा इजरायलमा नेपाली विद्यार्थीसँग काम गरेका र नेपाली विद्यार्थी विपिन जोशीसंगै बन्धक बनाइएका २३ थाइ नागरिकमध्ये १७ जना रिहा भइसकेका छन् तर जोशीको भने अझै कुनै अत्तोपत्तो छैन ।

गत शुक्रबार पहिलो चरणमा हमासले १३ इजरायलीसहित १० थाइ र एक फिलिपिनोलाई रिहा गरेको थियो । ६ दिने युद्ध विरामको अन्तिम चरणमा बिहीबार बिहान हमासले रिहा गरेको १६ बन्दीमध्ये पनि ४ जना थाइ नागरिक रिहा भएका छन् भने पटकपटक गरेर रिहा भएका १७ थाइ नागरिक बिहीबार थाइल्याण्ड प्रस्थान गरिसकेका छन् । तर, तिनै थाइ नागरिकसँगै बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको भने अझै अत्तोपत्तो छैन ।

गत अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेको हमासले गाजाको सीमावर्ती क्षेत्रको इजरायली कृषि फार्ममा कार्यरत १० नेपाली विद्यार्थीसहित ३२ जना थाई श्रमिकको ज्यान लिएको थियो भने विपिन जोशीसहित २३ जना थाई श्रमिकलाई हमासले बन्दी बनाएको थियो ।

‘हमासले हामीसंगै बसेका थाई नागरिकलाई छाड्यो तर हाम्रो साथी विपिन जोशीलाई छाडेन । प्रत्येक पटक बन्दी छाड्दा बिपिन पनि फर्कन्छन् कि भनेर आश लाग्छ तर उनी अझै फर्केनन् । त्यत्रा विदेशी रिहा भए तर एक मात्र नेपाली बन्दी विपिनलाई भने उनीहरुले छाडेनन् । कतै हाम्रो सरकारको प्रयास नपुगेर पो हो कीरु’

हमासको आक्रमणबाट बचेर फर्केका सुदुर पश्चिम विश्वविद्यालयका विद्यार्थी धनबहादुर चौधरी हमासले बन्दी बनाएको आफ्नो साथी विपिनलाई सम्झदै भन्दै थिए– ‘उनको घरमा सबैको हालत एकदमै नाजुक छ, घरीघरी मलाई फोन गर्छन्, रुन्छन् । साह्रै बिजोक छ । सरकारले कतारसँग कुरा गरेको छु भन्छ, विपिनसँगै बन्धक बनाइएका थाइ नागरिकहरू धमाधम रिहा हुँदा हाम्रो चाहीं एक जना मात्र पनि किन नछाडेको होलारु’

हमास आक्रमणमा आफ्ना १० साथी गुमाएका चौधरीको खुट्टामा हमासले दिएको पीडा बाँकी नै छ । इजरायलको अस्पतालले डिस्चार्ज गरेपछि खुट्टामा झण्डै २० वटा छर्रा बोकेर नेपाल फर्कीएका चौधरीको काठमाडौंमा उपचार भैरहेको छ । आफ्नो खुट्टाबाट पाँच वटा छर्रा निकालिसकिएको र अझै १५ वटा निकाल्न बाँकी रहेको चौधरीले बताए ।

अक्टोबर ७ मा उजागर भएको हमासको राक्षसीपन

इजरायलबाहेक हमासलाई अमेरिका, बेलायत, जापान, क्यानडा, अस्ट्रेलिया, पाराग्वे र युरोपली संघले आतंककारी संगठनको संज्ञा दिएको छ । अक्टोबर ७ को एकाविहानै इजरायलमाथि भएको आक्रमणमा हमासकै लडाकुहरुले खिचेको भिडियो, सीसी टीभीको फुटेज, हमासले सार्वजनिक सञ्जालमा राखेका भिडियोहरुले यो आतंकको भयावह दृश्यलाई विश्वको सामु ल्याएको छ ।

इजरायली दूताबासले बुधबार सीमित पत्रकार, अधिवक्ता र संघीय सांसदहरुलाई देखाएको हमास आक्रमणको ४७ मिनेट लामो सम्पादन नगरिएका अन्त्यन्त संवेदनशील भिडियो फुटेजमा हमासको गतिविधि अत्यनत अमानवीय, क्रूर र राक्षसीपनले भरिएको देखाइको छ । यसले हमासमाथि सहानुभूति राख्नेलाई पनि सोच्न बाध्य बनाएको बनाउँछ ।

४७ मिनेट लामो भिडियो फुटेज दोहोरो फाइरिङमा मारिएका हमास लडाकुको मोबाइलबाट रिट्राइभ गरिएका, आक्रमणका घाइते, इजरायली सुरक्षाकर्मी तथा उद्धारकर्मीहरुको मोवाइल र भिडियो क्यामराबाट खिचिएका, इजरायलको सडकमा गुडिरहेका गाडीमा जडान भएका क्यामरामा रेकर्ड भएका र घटनास्थलका सीसी टिभीका फुटेजहरु समेटेर इजरायली सेनाले तयार पारेको हो । उक्त भिडियोमा आतंकबादमा हुने दानवीयताको चरम रुप उजागर भएको थियो ।

ती भिडियोमा हमासले सुतिरहेका सर्वसाधारणको घरघरमा घुसेर मचाएको नरसंहार, मारिएका इजरायली सेनाको टाउको काटेर लगिएको दृष्य, म्युजिक कन्सर्टमा मच्चाएको आतंक, गोलाबारुदले जलेका मानिसहरुको दृश्य, बन्धकहरुलाई लछार्दैपछार्दै गाडीमा कोचेर लैजादै गर्दा पछिपछि खुसी मनाउँदै दौडिरहेका जमातहरुको दृश्यले हलमा रहेका सबैको आँखा रसाएका थिए भने आतंकले मनमस्तिक र मुटु हल्लाएको थियो ।

सम्पादन नगरिएका फुटेजको प्रदर्शनपछि इजरायली राजदूत खनान गोदेरले उक्त भिडियो फुटेज इजरायली सुरक्षा निकायले संकलन गरेको फुटेजको एक प्रतिशत मात्र भएको जानकारी दिनुभयो । हमासको कार्यलाई कुनै पनि हालतमा माफ गर्न नसकिने जिकिर गर्दै उहाँले अहिलेलाई अल्पकालिन युद्धविराम मात्र भएको जानकारी दिंदै भन्नुभयो– ‘हमासले हतियार बिसाएर आत्म समर्पण नगरेसम्म युद्ध रोकिन्न । तर उनीहरुले हतियार बिसाएर आत्मसमर्पण गरेमा हामी युद्ध तत्काल रोक्छौं र उनीहरुलाई न्यायको लागि अदालत लैजान्छौं ।’समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);