कांग्रेस नेतृत्व दाजु,भाउजु, देवर र आसेपासेको मात्रै भएको छ : दिपकराज जोशी | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

कांग्रेस नेतृत्व दाजु,भाउजु, देवर र आसेपासेको मात्रै भएको छ : दिपकराज जोशी

काठमाडौं, २९ चैत्र । आगामी बैशाख १० गते तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । तनहूँको राजनीतिमा बलियो पकड बनाउन सफल भएको नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशी समुहलाई कांग्रेस नेतृत्वले सन्तुष्ट पार्न सकेन । त्यसको असर आगामी बैशाख १० गते हुने तनहुँ–१ को उपनिर्वाचनमा पर्ने देखिएको छ । तनहुँ–१ मा चुनाव जिताउने निर्णायक शक्ति जोशी समुह बनेको छ ।

पार्टी सभापति शेरबहादुर देउवालाई आफ्ना उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन भन्दा पनि कांग्रेस छाडेका स्वर्णिम वाग्लेलाई हराउने चिन्ता रहेको जोशी पुत्र दीपकराज जोशी बताउँछन् ।  देउवासहित कांग्रेसका शीर्ष तहका नेताहरुसँग पनि आफ्ना पिता र उनीसँग जोडिएका कार्यकर्ताहरुको सम्मानजनक पदस्थापनका लागि पटक–पटक छलफल गरेको जानकारी दिँदै ती नेताहरुलाई कांग्रेसको भविष्यप्रति रत्ति पनि चिन्ता नरहेको आफुलाई महसुस  भएको उनले सुनाए ।

दीपकराज जोशीले आज एक विज्ञप्ती जारी गर्दै लेखेका छन्,‘२०४६ साल यताका सबै असन्तुष्ट काङ्ग्रेसलाई साथ लिएर कांग्रेसको हालको खस्कँदो साख जोगाउनलाई थोरै पनि सम्झौता गर्ने नसक्ने अहिलेको कांग्रेस नेतृत्व साच्चै नै दाजु,भाउजु, देवर , जेठाजु र उनको आसेपासेको मात्रै भएको प्रष्ट भएको छ। नेपाली कांग्रेस आहिले बिपीको नेपाली काँग्रेस पार्टी नभएर व्यापारिक घरानाका नव सामन्तीहरुको पार्टी भएको छ।’

उनले विगत ३३ बर्षमा जसले नेपाली कांग्रेस बनाउन आफ्नो जीवन समर्पण गरेकाहरुलाई नै जालझेल गरेर पाखा लगाएको समेत उनले आरोप लागएका छन् । अहिले चुनावको मुखमा आएर तनहुँमा जोशी समुहसँग कांग्रेसले रणनितीलाई उनले हात्तीको देखाउने दाँत मात्र भएको बताएका छन् । उनले लेखेका छन्,‘खासमा नेपाली कांग्रेस आफैँ गोविन्द भट्टराईलाई जिताउन चाहँदैन। पार्टी भित्रकाहरुका व्यक्तिगत अहंकार र ब्यक्तिगत स्वार्थको लागि यसपालि स्वर्णीम वाग्लेलाई हराउने भन्ने नाउँमा गोविन्द भट्टराईलाई नै बलिको बोको बनाउने तयारी गरेको छर्लङ्ग देखिन्छ । पार्टी भित्रका केही व्यक्तिको इच्छा गोविन्द भट्टराईलाई कसरी जिताउने भन्दा पनि जसरी भए पनि स्वर्णीम वाग्लेलाई हराउने रहेको छ। त्यसको लागि पार्टीले जे पनि गर्न तयार रहेको बुझिन्छ। नेपाली कांग्रेसको यो घृणित राजनितीले कांग्रेसको अस्तित्व नै धरापमा पारेको छ ।’

‘मानवीयता भन्दा ठुलो राजनैतिक विचार हुँदैन। अब फरक ढंगले राजनीति गर्ने बेला आएको छ ।’ उनले लेखेका छन्,‘राजनैतिक धार जे भए पनी मान्छेलाई चोट दिने हुनु हुदैन, समाजको बेथिती, विसंगति चोट दिने हुनु पर्छ। हाम्रो लडाइँ सकिएको छैन। हामी सत्य र न्यायका लागि, सामाजिक सम्वृद्धिका लागि लडी नै रहने छौँ र हाम्रो अबको लडाइँ राजनैतीक बिचारधारा भन्दा माथि उठेर, पार्टीको झण्डामा सिमित नभएर देशको लागि हुने छ । किनभने सबैभन्दा ठूलो राष्ट्र र राष्ट्रियता हो भन्ने कुरामा हामीमा न हिजो द्विविधा थियो न आज नै छ।’

जोशीले २०४६ साल पछि कांग्रेसबाट राजनीति गर्ने सबैको सम्पति छानविन गर्न पनि माग गरेका छन् । छानबिनबाट कसले कति भ्रष्टाचार गरेको छ त्यो प्रष्ट हुने उनको तर्क छ ।

Leave a Reply

ताजा समाचार