कांग्रेसले गर्यो गोविन्दराज जोशी र विकास कोइरालामाथिको कारबाही फुकुवा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

कांग्रेसले गर्यो गोविन्दराज जोशी र विकास कोइरालामाथिको कारबाही फुकुवा

काठमाडौं, १९ चैत्र । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालामाथिको कारबाही फुकुवा गरेको छ । कांग्रेसको आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कारबाही फुकुवा गरिएका नेताहरुको पुरानै क्रियाशील सदस्यता कायम हुने भएको छ । २०७९ अघिका निर्वाचनमा बागी उम्मेदवारी दिएका चितवन, तनहुँ र बाराका नेताहरूमाथिको अनुशासनको कारबाही पुरानै क्रियाशील सदस्य काययम हुने गरी फुकुवा गर्ने निर्णय बैठकले गरेको छ ।

चितवनका पूर्वसभापति कोइरालाले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध चितवन–४ मा बागी उम्मेदवारी दिएका थिए ।

पूर्वसहमहामन्त्री जोशीले २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । पौडेललाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले २४ पुस २०७५ मा जोशीमाथि अनुशासनको कारबाही गरेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);