देउवासँग गोविन्दराज जोशी पुत्रको पदको बार्गेनिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

देउवासँग गोविन्दराज जोशी पुत्रको पदको बार्गेनिङ

काठमाडौं, २७ चैत्र । आगामी बैशाख १० गते तनहुँ–१ मा उपनिर्वाचन हूँदैछ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित सो क्षेत्रमा उनी राष्ट्रपति भएपछि निर्वाचन हुन लागेको हो ।

गत मंसिरमा सम्पन्न भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वगृहमन्त्री गोबिन्दराज जोशीले ६ हजार ४४ मत प्राप्त गरेका थिए । जोशीले यसपटक उम्मेदवारी दिएका छैनन् । उम्मेदवारी नदिएको हुनाले उनले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने चर्चा पनि चलेको छ ।

चर्चाकाबीच जोशी छोरा एवं ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दिपकराज जोशीले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने भएका छन् । दीपकले आज देउवासँग फाइनल छलफल हुने लागेको बताए । भट्टराईलाई जोशी पक्षको मत आए जित निकाल्न सहज हुनेछ । सभापति देउवासँग दिपकले महत्वपुर्ण पदमा बार्गेनिङ गर्ने बुझिएको छ । जोशी कांग्रेसका पूर्वसहमहान्त्री हुन् । पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि जोशीलाई पार्टीले कारवाही गरेको थियो । केही दिन अघि मात्रै कांग्रेसले कारबाही फुकुवा गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);