ओमिक्रोनको सब–भेरियन्टको त्रास बढ्दो, सतर्क रहन सरकारको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ओमिक्रोनको सब–भेरियन्टको त्रास बढ्दो, सतर्क रहन सरकारको आग्रह

काठमाडौं  ।   चीन र भारतमा ओमिक्रोनको सब–भेरियन्ट बीएफ.७ संक्रमण तीव्र रुपमा फैलिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ ।

भारतमा ओमिक्रोनको सब–भेरियन्ट बीएफ.७ पुष्टि भइसकेको र खुल्ला सीमाना भएकाले पनि नेपालमा जोखिम बढेको हो ।   छिमेकी राष्ट्र चीनमा ओमिक्रोनको सब–भेरियन्ट बीएफ.७ तीव्र रूपमा फैलिएको छ भने भारतमा पनि संक्रमण बढेकाले नेपालमा जोखिम रहेको मन्त्रालयले जनाएको छ ।

सरकारले स्वास्थ्य संस्था, स्थल र हवाई मार्गका नाकामा रहेका हेल्थ डेस्कलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।  सङ्क्रमणको उच्च जोखिममा रहेकाले ज्येष्ठ नागरिक, दीर्घरोगी, फ्रन्टलाइनमा खटिनेहरूलाई अनिवार्य रूपमा बुस्टर डोज लगाउन डाक्टरहरुले सुझाव दिएका छन् ।

खोप लगाएको ६ महिनापछि एन्टिबडी कम हुँदै जाने भएकाले सबैलाई अनिवार्य रूपमा बुस्टरडोज लगाउने आग्रह गरिएको हो ।

यस्तै, सरकारले ओमिक्रोनको नयाँ भेरियन्टलाई काम गर्ने नयाँ खोप ल्याउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाले १५ लाख मात्रा नयाँ फाइजर खोप ल्याउन लागिएको जानकारी दिएको छ ।

युरोपेलि मुलुक ओमिक्रोनको सब–भेरियन्ट बीएफ.७ तीव्र गतिमा नफैलिएकाले अहिले यस्तै हुन्छ भन्ने अवस्था नरहेको डाक्टरहरु बताउछन् । नेपालमा भने बीएफ.७ ले भारतमा कस्तो अवस्था निम्त्याउछ, त्यसलाई आधार मानेर परिस्थिति सृजना हुने विज्ञहरुको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);