कपिलवस्तुमा बाढीको वितण्डा : वनगाई–कोपवा जोड्ने 'कजवे' भत्कियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कपिलवस्तुमा बाढीको वितण्डा : वनगाई–कोपवा जोड्ने ‘कजवे’ भत्कियो

शम्भु माली,

कपिलवस्तु । अविरल वर्षासंगै आएको बाढीले कपिलवस्तुको वनगाई—कोपवा जोड्ने कजवे भत्किएको छ । वाणगंगा नगरपालिका ७ खुटेनीमा रहेको कजवे बुधबार दिउँसो ३ बजे भत्किएको स्थानीयले बताएका छन् ।

कजवे भत्किने बेला त्यहाँ कोही नभएको कारण मानवीय क्षती भने हुन पाएन् । वनगाई—कोपवा जोड्ने उक्त कजवे भत्किएसंगै वनगाई —कोपवा सम्पर्क विच्छेद भएको छ ।

अविरल वर्षासंगै आएको बाढीले कजवे भत्काएपछि स्थानीयलाई आवत-जावतमा समस्या हुने भएको छ । ठेकेदारको लापरवाहीका कारण अब वर्षाको समयमा स्थानीयले सास्ती खेप्नुपर्ने भन्दै यसतर्फ सम्बन्धीत निकायले ध्यान दिनुपर्ने उनीहरुको भनाई छ ।

चार वर्षअघि केन्द्र सरकारको बजेटबाट निलगिरी जे.भि कन्टक्सनले ३ करोड बढी लागत बजेटबाट निर्माण भएको सो कजवे मर्मतमा स्थानीय तहको समयमै ध्यान नपुग्दा क्षती भएको स्थानीयले बताएका छन् ।

३ दिन देखिको वर्षाले देशका विभिन्न ठाउँमा बाढी पहिरो जानका साथै ठूलो जनधनको क्षति भएको छ । बाढी आउन सक्ने भएकाले नदीको छेउछाउमा नजान स्थानीयलाई आग्रह गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);