कनकाई नदी आसपासको ४ वटा घर भत्काइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कनकाई नदी आसपासको ४ वटा घर भत्काइयो

खगेन्द्र घिमिरे
झापा, २८ असार । कनकाई नदीमा आएको बाढीले बस्तीका घर बगाउन सक्ने सम्भावनापछि झापाको शिवसताक्षी नगरमा ४ वटा घर भत्काइएको छ । स्थानीय वडा नम्बर १० का ४ वटा घर सशस्त्र प्रहरीको टोलीले भत्काएर सुरक्षित गरिएको वडा अध्यक्ष कर्णवहादुर थापाले बताउनुभयो ।

कनकाई पुल उत्तर तर्फको मानव वस्तीमा कनकाईले वितण्डा गरेपछि घर भत्काएर त्यहाँका मानिसलाई सुरक्षित गरिएको हो । पाडाजुँगीबाट आएको सशस्त्र प्रहरीको ११ जनाको टोलीले प्रेम उप्रेती, श्याम ऋषीदेव, तारा लिम्वु लगायत ४ जनाको घर भत्काएर घरका मानिसलाई सुरक्षीत गरेको हो ।

कनकाई नदीको पानिको वहाव उच्च हुँदै धार पश्चिम धकेलिएपछि मानव बस्तीमा कटान सुरु भएको प्रहरीले जनाएको छ । वडा अध्यक्ष थापाका अनुसार बाढीले कटान गरेर विस्थापीत भएका परिवारलाई स्थानीय सिसौ घारीमा राखिएको छ । निरन्तर वर्षा भइरहेकोले अन्यत्र लैजान नसकिएको उहाँले बताउनुभयो । नेपाल रेडक्रस संग समन्वय गरेर तत्काल राहतका लागि पहल हुने वडा अध्यक्ष थापाले बताएका छन् ।
यस अघि पनि सोहि ठाँउमा कनकाई नदिले ३ परिवारको उठिबास गरेको थियो । विस्थापितलाई पनि सिसौ घारीमै त्रिपालको पाल दिएर राखिएको छ ।

शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण कनकाई नदीमा आएको बाढीले नगरको वडा नम्बर १०, ७, ६, ५ र गौरिगञ्ज गाउपालिकाको केहि भुभाग कटान सुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाले बाढीको क्षतिका विषयमा तथ्यांक संकलन भइरहेको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);