कञ्चनपुर र कैलालीबाट ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

कञ्चनपुर र कैलालीबाट ५ जना पक्राउ

कञ्चनपुर,१२ चैत्र । अवैध लागूऔषधसहित कञ्चनपुर र कैलालीबाट पाँच जना पक्राउ परेका छन् । भिमदत्त नगरपालिका–१० सुकाशालस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६० मिलिग्रामसहित ४ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–५ बस्ने २२ वर्षीय धिरज बिष्ट, कृष्णपुर नगरपालिका–३ बस्ने २१ वर्षीय दिनेश बिष्ट, सुक्लाफाँटा नगरपालिका–१० बस्ने २८ वर्षीय रोशन चन्द र भिमदत्त नगरपालिका–१ बस्ने २६ वर्षीय प्रदिप परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सु.प.प्र.०२००१ ह २२३० नम्बरको अटोलाई जाँच गर्न क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका–५ बस्ने २७ वर्षीय करन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);