लागूऔषधसहित १० जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

लागूऔषधसहित १० जना पक्राउ

झापा,३ कात्तिक । लागूऔषधसहित १० जना पक्राउ परेका छन् । दमक नगरपालिका–५ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्रामसहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
 पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय समिर गजमेर, दमक नगरपालिका–६ बस्ने २९ वर्षीय रोशल बुढाथोकी, सोही नगरपालिका–५ बस्ने २४ वर्षीय रोशन माझी र ईलाम चुलाचुली गाउँपालिका–४ बस्ने २३ वर्षीय सागर लिम्बु रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले समिर गजमेरको घरबाट उक्त लागूऔषध फेला पारी चारै जनालाई पक्राउ गरेको हो ।
त्यस्तै,कञ्चनपुर, दोधाराचाँदनी नगरपालिका–१ स्याउले बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्रामसहित सोही नगरपालिका–२ बस्ने २१ वर्षीय पवन धामी र भिमदत्त नगरपालिका–१० गड्डा चौकी बस्ने २३ वर्षीय कुस कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालगर्फ आउँदै गरेको सु.प.प्र.०२–००३ प ७११२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै सोही स्थानबाट युए ०४ डि ४०२८ नम्बरको मोटरसाइकलमा सवार दोधाराचाँदनी नगरपालिका–२ बस्ने १९ वर्षीय सन्तोष सार्की र १८ वर्षीय किशोरलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);