काठमाडौँ। कोरोना महामारीको दोस्रो लहर आएसँगै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी भएको छ ।काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले सार्वजनिक यातायात सञ्चालन गर्न भन्दै जिल्लास्थित स्वास्थ्य कार्यालयहरुको राय लिएर निर्णय गर्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले डीसीसीएमसीको बैठकले सार्वजनिक यातायात सञ्चालनको विषयमा स्वास्थ्य कार्यालयको राय लिएर निर्णय गर्न सिफारिस गरेको बताईन ।
डीसीसीएमसीको बैठक सकिएपछि आइतबार अपराह्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको छ । बैठक जारी रहेपनि निषेधाज्ञाका विषयमा सोमबार बिहान मात्रै निर्णय हुने सहायक प्रजिअ घिमिरेले जानकारी गराएकी छिन् ।