केही स्थानमा भारी वर्षाको सम्भावना, पहिरो तथा गेग्रान बहावको जोखिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

केही स्थानमा भारी वर्षाको सम्भावना, पहिरो तथा गेग्रान बहावको जोखिम

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य  देखी पूर्ण बदली रहने छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा  रहेको छ।

अहिले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश  १, प्रदेश २, बागमती, लुम्बिनी  र गण्डकी प्रदेशका   थोरै स्थानहरुमा  भारी वर्षा तथा  एक वा दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  भारी वर्षा तथा  एक वा दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी  र लुम्बिनी  प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षा तथा  एक वा दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना  रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);