बंगलादेशलाई हराउँदै श्रीलंका सुपर–४ मा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बंगलादेशलाई हराउँदै श्रीलंका सुपर–४ मा प्रवेश

काठमार्डौ । बंगलादेशलाई हराउँदै श्रीलंका सुपर–४ मा प्रवेश गरेको छ ।

कुशल मेन्डिस र कप्तान डसुन सनकाको आक्रामक ब्याटिङको मद्दतले श्रीलंकाले बिहीबार बंगलादेशमाथि रोमाञ्चक दुई विकेटको जित निकाल्दै एसियाकपको सुपर–४ मा स्थान बनाएको हो ।

खेलमा श्रीलंकाले १ सय ८४ रनको लक्ष्य चार बलको खेल बाँकी छँदै हात पारेको हो ।

श्रीलंकाका मेन्डिसले ६० र सनकाले ४५ रन बनाए थिए । उनीहरूले ५४ रनको निर्णायक साझेदारी गर्दै ्श्रीलंकाले जितको आधार तय पारेको थियो । उनीहरू आउट भएपछि चमिका करुनारत्नेले १६ र असिथा फर्नान्डोले १० रन बनाउँदै श्रीलंकालाई जितसम्म पु¥याएका थिय ।

श्रीलंकालाई जितका लागि अन्तिम ओभरमा ८ रन आवश्यक थियो ।

यसअघि आफिफ हुसेन र मोहमदुल्लाह रियादबीच पाँचौं विकेटका लागि ५७ रनको साझेदारीपछि बंगलादेशले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ८३ रन बनाएको थियो ।

यो जितपछि समूह ‘बी’ मा अफगानिस्तानसँगै श्रीलंका सुपर–४ मा पुगेको छ भने बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);