विश्व र्‍याफ्टिङको डाउन रिभरमा नेपाल छैठौ स्थानमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

विश्व र्‍याफ्टिङको डाउन रिभरमा नेपाल छैठौ स्थानमा

काठमाडौं, ५ जेठ । नेपालले विश्व र्‍याफ्टिङको डाउन रिभरमा छैठौ स्थान  हासिल गरेको छ । अष्ट्रेलियाको क्वीन्सल्याण्डस्थित टूली नदीमा भएको प्रतियोगितामा सबैभन्दा मुख्य बिधा मानिएको डाउन रिभरको स्पर्धामा नेपालले ४६ मिनेट ४८दशमलव ३० सेकेण्डमा पूरा गरी छैटौं भएको हो । प्रतिस्स्पर्धामा पहिलो भएको न्युजिल्याण्डको ४४ मिनेट ५८दशमलव ४१ सेकेण्ड भन्दा नेपाल १ मिनेट ४९दशमलव ८९ सेकेण्डले पछि परेको हो ।

अन्तिम दिनको प्रदर्शनसँगै नेपाली टिम समग्र च्याम्पियनसिपको शीर्ष १० मा रह्यो । अघिल्लो दिन समग्रमा १३ औं स्थानमा रहेको नेपालले पुछारमा आठ देशको समूहबाट डाउन रिभरको प्रतिस्पर्धा सुरु गरेको थियो ।

त्यो समूहमा पहिलो भएको नेपालले ४६ मिनेट ४८दशमलव ३० सेकेन्डमा रेस पूरा गर्दै छैटौं स्थानमा रहेर डाउनरिभर टुंग्याएको हो । च्याम्पियनशीपमा समग्रमा नेपाल ६सय ७२ अंकसहित दशौं भएको हो । स्लालोम स्पर्धामा १३ औं भएका कारण नेपालको समग्र पोजिसन खराव बनेको हो ।

स्प्रिन्टमा पाँचौ भएको नेपाल हेड टू हेडमा नवौं र डाउनरिभरमा छैटौं भयो । कुल १ हजार अंकमध्ये ९सय ९ अंक हासिल गरी ब्राजिल विश्व च्याम्पियन बनेको छ । ब्राजिलको टिम चारमध्ये २ स्पर्धामा पहिलो भएको थियो भने हेड टू हेडमा पाँचौं र डाउनरिभरमा तेस्रो भएको थियो र्‍याफ्टिङमा बिभिन्न चार विधाको १ हजार पूर्णांकमा प्रतिस्पर्धा गरिन्छ ।

स्प्रिन्टको १००, हेड टू हेडको १५०, स्लालोम र डाउनरिभरको समान ३ सय ५० अंक हुन्छ । नेपालले विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा यसपटक सबभन्दा राम्रो प्रदर्शन गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);