फागुन दोस्रो साता पिंकाथन काठमाडौं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फागुन दोस्रो साता पिंकाथन काठमाडौं

११ माघ, काठमाडौं । फागुनको दोस्रो साता पिंकाथन काठमाडौं नामक दौड प्रतियोगिता हुने भएको छ ।

फागुन दोस्रो साता पिंकाथन काठमाडौं

११ माघ, काठमाडौं । फागुनको दोस्रो साता पिंकाथन काठमाडौं नामक दौड प्रतियोगिता हुने भएको छ ।

क्यान्सर रोग विरुद्धको अभियानमा सक्रिय भारतीय कलाकार मिलिन्द सोमनको संस्थाको आयोजनामा हुने प्रतियोगितामा विभिन्न चार इभेन्टसमा महिलाहरुको रेश सञ्चालन हुनेछ ।

फागुन १३ गते हुने प्रतियोगितामा ३ किलो मिटर, ५ किलोमिटर, १० किलोमिटर र २० किलोमिटरको दौड सञ्चालन हुनेछ । १० किलोमिटर र २० किलोमिटरको दौडमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरिनेछ । २० किलोमिटर दौडमा पहिलो र दोस्रो हुने खेलाडीले आगामी बर्ष मुम्बई म्याराथनमा सहभागी हुन पाउनेछन् ।

उनीहरुका लागी आवश्यक पर्ने सवै खर्च आयोजक संस्थाले नै ब्यहोर्ने छ । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा संचालन हुने प्रतियोगितामा सवै क्षेत्रका महिलाले सहभागी हुन पाउने आयोजकहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);