इगा स्विटेकलाई फ्रेन्च ओपन टेनिसको उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

इगा स्विटेकलाई फ्रेन्च ओपन टेनिसको उपाधि


एजेन्सी , २५ असोज । पोल्याण्डकी इगा स्विटेकले महिलातर्फको फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छिन् ।

पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनलाई पराजित गर्दै स्विटेकले उपाधि जितेकी हुन् ।

पहिलो पटक फ्रेन्च ओपन जित्ने क्रममा स्विटेकले चौंथो वरियताकी केनिनलाई ६–४ र ६–१ को सेटमा जित निकालिन । १९ वर्षीय स्विटेकको यो खेल जीवनकै पहिलो ग्राण्डस्लाम उपाधि हो ।

पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेकी उनले पहिलो फाइनल यात्रामै उपाधि जितेकी हुन् । ५४ औं वरीयताकी स्विटेक सन् १९७५ पछि महिलातर्फ फाइनल पुग्ने तल्लो वरीयताकी पहिलो खेलाडी समेत हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);