ठेक्का लागेको सात वर्षपछि पुलको डिजाइन परिवर्तन | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

ठेक्का लागेको सात वर्षपछि पुलको डिजाइन परिवर्तन

खोटाङ, चैत १२ गते । खोटाङलाई उदयपुरसँग जोड्ने सुनकोशी नदी स्थित धाप्लाङघाटमा पुल निर्माणको लागि ठेक्का लागेको सात वर्षपछि पुलको डिजाइन परिवर्तन गरिएको छ । रसुवा–एसएनएस(पप्पु जेभीले वि।सं २०७६ असार २९ गतेभित्र सम्पन्न गर्नेगरी वि।सं। २०७३ असार–३० मोटरेबल पुल निर्माणको सम्झौता गरेको थियो ।

खोटाङ र उदयपुरतर्फ वर्षौँअघि सडक बनिसकेको छ । हालसम्म धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा झोलुङ्गे पुल प्रयोग हुँदै आएको छ । ठेक्का लागेर निर्माण सुरु भएको सात वर्षमा ठेकेदारले नदीको दुई किनारमा पिलर मात्र ठड्याएको थियो । मोटरेबल पुलको करिब १५ प्रतिशत काम भएपछि ठेकेदार कम्पनीको अनुकूलमा सडक विभागले पुलको डिजाइन परिवर्तन गरेको हो ।

खोटाङको बाराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका(१४ साउने जोड्ने उक्त धाप्लाङघाट पुल सम्झौता अनुसार चार वर्ष अगाडि बनिसक्नु पर्थ्यो । तर, अहिले आएर पुलको डिजाइन नै परिवर्तन गरिएको छ । डिजाइन ‘रिभ्यू’ स्वीकृत भएसँगै निर्माण व्यवसायीले गत फागुन २८ गतेदेखि धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरेको छ ।

सुरुको डिजाइनमा पुलको चारवटा ‘वेल’ फाउन्डेसन राख्नुपर्ने थियो । अहिले परिवर्तन भएसँगै चारवटा ‘पाइल’ फाउन्डेसन ठड्याइने बताइएको छ । प्राविधिक रूपमा ‘वेल’ फाउन्डेसन बनाउन कठिन भएको भन्दै ‘पाइल’ फाउन्डेसन प्रविधिको पुल निर्माण गर्ने गरी डिजाइन ‘रिभ्यु’का लागि गत साउन १५ गते सडक विभागसँग निर्माण कम्पनीले माग गरेको थियो । पुल निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीको रु चार करोड ४२ लाख अग्रिम भुक्तानी जमानत भने विभागले तानिसकेको छ ।

गलत डिजाइनका कारण लामो समय पुल बन्न नसकेको र हाल डिजाइन परिवर्तनसँगै ठेकेदार काममा फर्किएको खोटाङ प्रदेशसभा ‘ख’ का सांसद भूपेन्द्र राईले बताउनुभयो। पुल निर्माण चाँडो गर्न निर्माण कम्पनीलाई अनुरोध गर्दा पुरानो डिजाइन अनुसार बन्न नसक्ने बताएको थियो । त्यसपछि विज्ञहरूको सुझाव अनुसार डिजाइन परिवर्तन गरिएपछि अहिले काम सुरु भएको उहाँको भनाइ छ ।

धाप्लाङघाटमा मोटरेबल पुल निर्माण भएपछि खोटाङको बराहपोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही स्थानीयलाई पूर्वी तराईका विभिन्न सहरसँग जोडिन सहज हुने आशा गरिएको छ । तर, लामो समयसम्म पुल नबन्दा नागरिक निराश छन् । धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा सबैभन्दा बढी कृषि तथा नगदे बाली निर्यातमा समस्या भइरहेको बाराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराको भनाइ छ ।

वि।सं २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धाप्लाङघाटमा निर्माणाधीन २०० मिटर लामो मोटरेबल पुल शिलान्यास गर्नुभएको थियो । भ्याट बाहेक रु २२ करोड ५० लाखमा वि।सं। २०७६ असार २९ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । गोरखापत्रबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);