नुवाकोट वामगठबन्धनका कार्यकर्तामाथि आक्रमण, तीनजना गम्भीर, दुई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

नुवाकोट, ४ मंसिर । चुनवाी प्रचार प्रसार कार्यक्रम गरेर फर्कने क्रममा नुवाकोट फिकुरीमा वाम गठवन्धनका कार्यकर्ताहरुमाथि सांघातिक आक्रमण भएको छ। आक्रमणमा परी गठवन्धनका ३७ वर्षीय माधव न्यौपाने, ३८ वर्षीय उमाकान्त भट्ट र २७ वर्षीय दीपक भट्ट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घाईते तीनै जनाको सदरमुकाममा विदुरमा रहेको नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ। प्रहरीले घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरि कारवाही सुरु गरेको छ। सदरमुकाम विदुरदेखि २५ किलोमिटर उत्तरपश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिका वडा नं. २ फिकुरीमा आइतबार राति वाम गठवन्धनको निर्वाचन प्रचार कार्यक्रम गरेर फर्कने क्रममा एमाले तथा माओवादी कार्यकर्ताहरुमाथि बाटोमा लुकेर बसेका लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताहरुले आक्रमण गरी घाइते बनाएको प्रत्यक्षदर्शी बीरवल तामाङले जानकारी दिए।

घटनामा संलग्न भएका तीन जनालाई नुवाकोट प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ। प्रहरीले किस्पाङ गाउँपालिका वडा नं. ३ का २३ वर्षीय सन्तबहादुर लामा र रसुवाको उत्तरगया गापा वडा नं। ३ का ३१ वर्षीय सुनिल लामालाई पक्राउ गरी कारवाही सुरु गरेको नुवाकोट प्रहरीले जनाएको छ।

 

ताजा समाचार