न्यूजिल्यान्डको आक्रमणमा एक जनाको मात्र संलग्नता रहेको प्रहरीको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

न्यूजिल्यान्डको आक्रमणमा एक जनाको मात्र संलग्नता रहेको प्रहरीको निष्कर्ष

newzealnd shooter

काठमाडौं, ३ चैत । न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई वटा मस्जिदमा गत शुक्रबार भएको आक्रमणमा एक जनाको मात्र संलग्नता रहेको बताइएको छ ।

घटनामा अस्ट्रेलियाका नागरिक २८ वर्षीय ब्रेन्टन ट्यारेन्ट मात्रै संलग्न रहेको निष्कर्ष त्यहाँकोे प्रहरीले जनाएको छ । ट्यारेन्टले मस्जिदमा आक्रमण गरी फेसबुकबाट प्रत्यक्ष प्रसारण समेत गरेका थिए । घटनामा संलग्न रहेको आशंकामा अन्य तीन जना पक्राउ परेको भए पनि उनीहरु निर्दोष देखिएको न्यूजिल्यान्डका पुलिस कमिसनर माइक बुसले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भने भइरहेको उनले बताए । क्राइस्टचर्चस्थित अल नूर र लिनउड मस्जिदमा अन्धाधुन्ध गोली प्रहार हुँदा ५० जनाको मृत्यु भएको थियो भने ५० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका अस्ट्रेलियन नागरिक ब्रेन्टनलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो । उनलाई आगामी अप्रिल ५ सम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);