ब्राउनसुगर सहित २ भारतीय प्रक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

ब्राउनसुगर सहित २ भारतीय प्रक्राउ

dampati pakrau

उत्तम रिजाल

झापा, १६ माघ । लागुऔषध खैरोहिरोइन ब्राउनसुगरसहित झापाबाट २ जना भारतीय नागरिक पक्राउ परेका छन् । ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत किसनगंज धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद जमसेह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ९८० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । उनीहरु झापा गाँपालिका–४ बाट पक्राउ परेका हुन् ।

लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);