नेपालको बजारमा प्याजको मूल्य छोइनसक्नु महँगो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालको बजारमा प्याजको मूल्य छोइनसक्नु महँगो

Onions

काठमाडौं, ९ मंसिर । नेपालको बजारमा प्याजको मूल्य अहिले छोइनसक्नु महँगो भएको छ । दशैं अघि ४०/४५ रुपैयाँ प्रतिकेजीमा पाइने प्याजको मूल्य अहिले बजारमा झण्डै दुई सय रुपैयाँ पुगेको छ ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य बृद्धि भएको हो । कृषि प्रधान मुलुक नेपालमा प्याजको आयात वर्षेनी ६ अर्ब रुपैयाँको हाराहारीमा छ ।

प्याजको मूल्य आकासिएपछि उपभोक्ताहरु आत्तिएका छन् । नेपालमा पनि प्याजको खेती हुन्छ तर पर्याप्त व्यवसायिक रुपमा भएको पाईदैन । माग अनुसार उत्पादन हन नसकेपछि नेपालको भारतसँग प्याजको परनिर्भरता ९५ प्रतिशत भन्दा माथि रहेको छ ।

नेपालमा प्याज मौसमी रुपमा मात्र खेती गरिने भएकाले उत्पादन ज्यादै न्युन रहेको छ । जसले मागको तुलनामा आपूर्ति निकै कम छ । यसले गर्दा बजारमा प्याजको मूल्य दिनदिनै अकासिएको व्यापारीहरु बताउँछन् ।

बाढीका कारण भारतमै प्याजको संकट भएको छ । उत्पादन कम भएपछि भारतले नेपालमा प्याज निकासिमा रोक लगाउँदै आएको छ । रोक लगाएपनि भारतीय व्यापारीहरु मार्फत नै लुकिछिपि नेपालमा प्याज भित्रिने गरेको छ ।

नेपालमा प्याजको मूल्य दिनप्रतिदिन महँगो भएतापनि भारतमा भने मूल्य वृद्धि नभएको व्यापारीको भनाई छ । नेपालमा प्याजको मूल्य बढेर थोक मूल्य १ सय ६० देखि ७० सम्म पाइन्छ भने खुद्रामा प्रतिकेजी २ सय रुपैयाँससम्म पर्ने गरेको छ । मूल्य बढेपछि प्याजको विक्रीमा पनि कमी आएको व्यवसायिको भनाई छ ।

नेपालमा प्याजको खपत अत्यधिक छ । अत्यधिक माग हुँदा पनि कृषि प्रधान मुलक नेपालमा प्याजमा आत्मनिर्भरताको बाटो खोजिएको पाइंदैन । आयातित प्याजकै भरमा माग अनुसार आपूर्ति गरिदै आएको छ । यसको विकल्प नखोजे मूल्य अझ बढ्न सक्ने व्यापारीहरु बताउँछन ।

व्यापार तथा निकासी प्रबद्र्धन केन्द«को तथ्यांकअनुसार प्याजमा नेपालको भारतसँगको परनिर्भरता कहालीलाग्दो छ । आर्थिक वर्ष २०७५ र ७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँको बराबरको प्याज नेपालमा भारतबाट आयात भएको थियो ।

असोज मसान्तसम्मको विवरण अनुसार, नेपालमा भारतबाट ७ लाख ३९ हजार २५३ किलो सुकेको प्याज भित्रिएको छ । यसैगरी आर्थिक बर्ष ७४ र ७५ को ३ महिनामा भने ५ अर्ब ६० करोड रुपैया बराबरको आयात भएकोमा आर्थिक बर्ष २०७५ र ७६ को ३ महिनामा भने १ अर्ब ४० करोड बराबरको प्याज आयात भएको देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);