केराऊ खेतिप्रति बाराका किसानको आकर्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

केराऊ खेतिप्रति बाराका किसानको आकर्षण

बारा, ९ मंसिर । थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने मटरकोसा खेतिप्रति बारा जिल्लाका किसानको आर्कषण बढ्न थालेको छ । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाका किसानले मटरकोसा खेतिबाट बार्षिक ३ लाखसम्म आम्दानी गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ खैरवाका किसान यतिबेला मटरकोसा खेति गर्न व्यस्त छन् । छोटो समय अनि थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि अधिकांश किसानले मटरकोसाको खेति गर्दै आएका छन् ।

खेति लगाएको मोटरकोसा ४० दिनमा लटरम्मैं फल्छ अनि विक्री गर्न थालिन्छ । उत्पादित मोटरकोसा प्रति केजी एक सय ५० रुपैयाँसम्म विक्री हुने भएकोले एक हजार रुपैयाँ खर्च गरी दश हजार भन्दा बढी आम्दानी हुने गरेको स्थानीय कृषक सकलदेव यादवको अनुभव छ ।

खेतमा पाकेको मोटरकोसा एक सिजनामा पाँच पटकसम्म टिप्न सकिन्छ । मोटरकोसा टिप्न यस गाउँका महिलाहरु केही दिनसम्म प्रति दिन दुई सय रुपैयाँका दरले ज्यालादारी गरी आम्दानी समेत गर्दै आएका छन् ।

यहाँका किसानले उत्पादन गरेको मोटरकोसा खेतमै खरीद गर्न दैनिक रुपमा व्यापारीहरु आउने गरेका छन् । खेतमा लगाईएको मोटरकोसा हेरेर प्रति कठ्ठा १० देखि २० हजार रुपैयाँ सम्ममा व्यापारीले खेत नै खरीद गर्ने गरेको किसानले बताएका छन् ।

यहाँ उत्पादित मोटरकोसा खरीद गरी राजधानी लगायत पोखरा नारायणघाट, जनकपुर, बिरगंज, विराटनगर लगायतको बजारमा विक्री हुँदै आएको व्यापारी सरोज साहले बताउनु भयो ।

अन्य तरकारीको तुलनामा मोटरकोसा मिठो र पोषिलो हुने भएकाले उपभोक्तामाझ यसको माग पनि बढी छ । खैरवाका पाँच दर्जन भन्दा बढी किसानहरुले प्रत्येक वर्ष एक सय विघा भन्दा बढी जग्गामा मोटरकोसा खेती गरिरहेका छन् ।

यस्तो अवस्थामा सरकारी निकायका सम्बन्धित पदाधिकारीहरुले अनुगमन तथा निरीक्षण गरेर उत्पादन बढाउन थप सुझाव सल्लाह दिनु आवश्यक छ । यो क्षेत्रलाई मोटरकोसाको पकेट क्षेत्र घोषणा गर्ने वातावरण बनाउन पनि सरकारी निकायको ध्यान जान जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);