नेपाल भ्रमण बर्ष २०२० मुल आयोजक समितिको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल भ्रमण बर्ष २०२० मुल आयोजक समितिको बैठक जारी

काठमाडाैं, ९ मंसिर । नेपाल भ्रमण बर्ष २०२० मुल आयोजक समितिको ५ औँ बैठक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सुरु भएको छ ।

पर्यटन मन्त्री योगेश कुमार भट्टराईको अध्यक्षतामा जारी बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटन बोर्ड सुरक्षा निकायको प्रमुखहरुको उपस्थिति रहेको छ । बैठकमा सुरक्षा ब्यबस्था, कार्यक्रम निर्माण तथा ब्यबस्थापन, सचिवालयले गरेका काम सम्बन्धमा छलफल भैरहेको छ ।

साथै बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा नियुक्त हुनुभएका पदाधिकारीलाई स्वागत गरिने छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा सोलुखुम्बुका बच्चु नारायण श्रेष्ठलाई सदस्य सचिवको रुपमा नियुक्त गरेको छ । बैठकको अन्त्यमा पर्यटनमन्त्रि भट्टराईले मातहतका सबै निकायलाई निर्देशन दिने कार्यसूची रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);