सकियो जफत गरिएको १ सय ३७ क्विन्टल प्याज | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सकियो जफत गरिएको १ सय ३७ क्विन्टल प्याज

tarkari mahangiyo-pyaj

काठमाडौं, १४ असोज । भारतले प्याज निर्यातमा पुर्ण प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको भाउ नियन्त्रण बाहिर गएको छ । चाडपर्व नजिकै गर्दा अधिकांशको घरमा धेरैजसो प्रयोग हुने प्याजको अभाव हुँदै आएको छ ।

व्यापारीबाट जफत गरिएको प्याज पनि मंगलबार बाटै सकिएको खाद्य व्यबस्था तथा व्यापार कम्पनीले जनाएको छ । गत असोज ९ गते देखी खाद्य व्यबस्था तथा व्यापार कम्पनीले सस्तोमा प्याज विक्री गर्दै आएको थियो ।

प्याज पाइने जानकारी पाएर भक्तपुरबाट खाद्य व्यबस्था तथा व्यापार कम्पनी पुगेकी मिरा शर्मा प्याज नपाएपछि खाली हात फर्किइन् । सस्तोमा प्याज पाइने आसमा उपभोक्ताको भिड बुधबार पनि निकै देखिन्थ्यो तर प्याज सकिएपछि खाली हात नै घर फर्के । कालोबजारी अन्र्तगत जिल्ला प्रशाशन कार्यलयले १ सय ४६ क्विन्टल ६९ केजी प्याज छापा मारेर जफत गरेको थियो ।

त्यसमध्ये १ सय ३७ क्विन्टल प्याज मंगलबारसम्ममा प्रति केजी रू ६० रूपैयाँको दरमा विक्री गरिएको कम्पनीका प्रादेशिक प्रमुख रणबहादुर बुढाथोकीको भनाई छ । बाँकी रहेको प्याज कुहिएको र प्रयोग नमिल्ने भएकाले डिस्पोज गर्ने उनले बताए ।

खुद्रा तथा किराना पसलहरुमा अझै पनि उपभोक्ताले १ सय ४० रुपैयाँका दरले प्याज किनिरहेका छन् । चाडवाड नजिकिए सँगै प्याज जस्तै गरी अन्य अत्याआवश्यक खाद्यान्न क्षेत्रमा पनि सरकारको ध्यान जान आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);