नियुक्ति निर्वाचन आयोगद्वारा भक्तपुर क्यान्सर अस्पतालमा सबै व्यवस्थापन बदर | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

नियुक्ति निर्वाचन आयोगद्वारा भक्तपुर क्यान्सर अस्पतालमा सबै व्यवस्थापन बदर

BHAKTPUR

भक्तपुर, ११ मंसिर । भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ । जिल्लामा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त पदहरुमा गरिएको नियुक्ति निर्वाचन आचारसंहिता २०७२ को दफा ९ र १० विपरीत भएकोले आयोगले उक्त नियुक्ति बदर गरेको हो ।

आइतबार अस्पतालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार, कायम मुकायम मेडिकल डाइरेक्टरमा डाक्टर दिपेश ढकाल, कायम मुकायम डेपुटी मेडिकल डाइरेक्टर डाक्टर उत्सवमान श्रेष्ठ र कायम मुकायम डेपुटी मेडिकल डाइरेक्टरमा डाक्टर अजयकुमार झालाई गरिएको नियुक्तिलाई आयोगले बदर गरिदिएको हो ।

ती पदमा जुनसुकै तरिकाले नियुक्ति भए पनि उक्त नियुक्ति निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (२) बमोजिम निर्वाचन आयोगले बदर गरेको ठहर गरी २४ घण्टाभित्र सोको जानकारी आयोगलाई दिन अनुरोध गरेको छ ।

ताजा समाचार