सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति

education

काठमाडौं, ११ मंसिर । सरकार र निजी मेडिकल कलेजबीच सहमति दुई बुँदे सहमति जुटेको छ ।मंगलबार शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति जुटाएको हो ।

सहमतिअनुसार मेडिकल कजेजले आजबाट अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ । सहमतिअनुसार मेडिकल कजेजले शैक्षिक सत्र ०७४/०७५ र ०७५/०७६ को हकमा आजबाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्नेछन् भने ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ । ०७६/०७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिएर विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया थाल्ने भनिएको छ ।

त्यस्तै, ०७७/०७८ र त्यसपछिका वर्षमा भने वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि आयोगबाट कार्य अघि बढाउने सहमतिमा उल्लेख गरिएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नीप्रसाद खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत उपस्थित थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);