सप्तरीको बोदे बरसाईन नगरपालिका आसपासको क्षेत्र दुर्गन्धित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सप्तरीको बोदे बरसाईन नगरपालिका आसपासको क्षेत्र दुर्गन्धित

सप्तरी, १७ फागुन । सप्तरीको बोदे बरसाईन नगरपालिकामा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन (इज्तिमा) भएको आसपासको क्षेत्रमा फोहोरले दुर्गन्धित भएको छ ।

वडा नम्वर ५ जाँजरस्थित २ सय विघाभन्दा बढी क्षेत्रफलमा आयोजना गरिएको इज्तिमाबाट निस्केको फोहोरलाई व्यवस्थापन नगरिँदा आसपासको वातावरण नै दुर्गन्धित भएर स्थानीयलाई सास्ती हुन थालेको छ ।

बोदे बरसाईन नगरपालिका–५ जाँजरमा यहि फागुन ३, ४ र ५ गते इस्लामिक धार्मिक सम्मेलन इज्तिमा आयोजना गरियो । करिब ३ लाख व्यक्ति सहभागी उक्त धार्मिक सम्मेलन सकिएको पनि दुई साता भइसक्यो ।

तर त्यो बेला निस्केको फोहोर व्यवस्थापन भने अझैसम्म हुन सकेको छैन । आसपासका क्षेत्रमा दुर्गन्ध फैलिएर स्थानीयहरुलाई पनि सास्ती हुन थालेको छ ।

स्थानीयहरुले सम्मेलन स्थलमा थुपारिएको फोहोर दुर्गन्धित भएकोले पूर्ण रुपमा सरसफाई गर्ने गराउनेतर्फ ध्यान पु¥याउन सम्वन्धित सवै पक्षसँग आग्रह समेत गरेका छन् ।

आयोजक समितिले भने सरसफाईको कार्य जारी रहेको बताएको छ । सम्मेलन स्थलमा अत्याधिक फोहोर भएकोले पूर्ण रुपमा सरसफाई गर्न समय लागेको आयोजक समितिले जनाएको छ ।

स्थानीय सरकारले भने जनशक्ति र साधन अभावका कारणले पूर्ण रुपमा फोहोर व्यवस्थापन गर्न ढिलाई भईरहेको जनाएको छ । नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी लगायत जिल्लाभरि सरसफाई क्षेत्रमा कार्यरत संघ सस्थासँग समन्वय गरी सामूहिक रुपमा सरसफाई कार्यलाई तिव्रता दिइएको नगरपालिकाको भनाई छ ।

दुर्गन्धित वातावरणका कारण स्थानीयले भोगिरहेको सास्ती र फैलीनसक्ने विभिन्न रोगलाई ध्यानमा राखेर त्यस क्षेको सरसफाई तुरुन्त हुनु अहिलेको आवश्यकता हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);