भीम रावललाई विमानस्थलको भीआइपी कक्ष प्रवेशमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भीम रावललाई विमानस्थलको भीआइपी कक्ष प्रवेशमा रोक

धनगढी, १७ फागुन । नेकपा नेता भीम रावलले धनगढी विमानस्थलको भीआइपी कक्षमा आफुलाई प्रवेशमा रोक लगाइएको प्रति असन्तुष्टि जनाउनु भएको छ ।

शनिबार काठमाडौँबाट धनगढी पुग्नु भएका सुदूरपश्चिमका इन्चार्ज समेत रहनु भएका नेता रावलले विमानस्थलको भीआइपी कक्षमा प्रवेश गर्न नपाएको भन्दै असन्तुष्टि जनाउनु भएको छ । राष्ट्रपतिको सुरक्षाको व्यवस्थाको बारेमा पूर्व जानकारी नदिएको र विमानस्थलको विशिष्ट कक्षमा अपमान भएको उहाँको भनाई छ ।

एक अर्को प्रशंगमा नेता रावलले एमसिसिमा जनताको चासो बढेकोमा खुशी व्यक्त गर्नभयो । उहाँले एमसिसिबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले कार्यदल गठन गरेको बताउँदै पार्टीको आधिकारीक धारणा नआएकाले यस विषयमा आफु धेरै नबोल्ने बताउनु् भयो ।

नेता रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताउनु भयो । उहाँ सोमबार हुने सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको तयारीका लागि धनगढी आउनु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);