पोखरामा पर्यटकको घुईंचो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पोखरामा पर्यटकको घुईंचो

सुभाष पोखरेल
पोखरा, १३ कात्तिक । पर्यटनका लागि स्वर्गको टुक्रा भनेर चिनिने पोखरामा अहिले विदेशी मात्र होइन आन्तरिक पर्यटकको समेत घुईंचो लागेको छ । नवविवाहित देखि अध्ययन भ्रमणका लागि आउने पर्यटनक अहिले पोखरामा देखिन्छन् । अहिले पोखराका होटल तथा लजहरु पर्यटकले भरिभराउ छन् ।

नेपालमा घुम्न लायकका गन्तव्य मध्ये एक हो, पोखरा । पाकृतिक सौन्र्दयले भरीपूर्ण यो कास्कीको पोखरा हेर्ने विदेशी मात्र हैन अहिले आन्तरिक पर्यटकको समेत घुईंचो लागेको छ ।

पोखरामा रहेका विभिन्न गुफा, मन्दिर, फेवाताल र हिमालको दृश्य हेर्नका लागि विदेशी देखि आन्तरीक पर्यटन समेत आउने गर्दछन् । अझ, नवविवाहित, अध्ययन भ्रमण लागि पछिल्लो समयमा पोखरा धेरै रोजाईमा पर्ने गरेको छ ।

यी यस्ता कारणले गत बर्षको तुलनामा अहिले पोखरामा आन्तरिक पर्यटकको संख्या वढेको नेपाल टान पश्चिमाञ्चल क्षेत्रीय संघका उपाध्यक्ष धर्मराज पन्थीले बताए ।

पछिल्लो समयमा विश्व भरका पर्यटनका लागि महत्वपुर्ण स्थल मानिएको पोखरामा पर्यटन आकर्षित गर्न सरकारले विभिन्न कार्यक्रम समेत संचालन गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);