अब मुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

अब मुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ

muktinath mandir

मुस्ताङ, १४ कात्तिक । मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरेपछि हिन्दु र बुद्ध धर्मको संगमस्थल मुक्तिनाथ दर्शनमा नेपालीलाई पनि शुल्क लाग्ने भएको हो ।  सरकारले १०० रुपैयाँ शुल्क निर्धारण गरी राजपत्रमा सूचना प्रकाशन गरेको थियो । यो सूचनाले अन्नपूर्ण संरक्षण क्षेत्रका साथै मनास्लु, गौरीशंकर संरक्षण क्षेत्रकमा प्रवेश गर्न आन्तरिक पर्यटकले पनि प्रवेश शुल्क बुझाउनुपर्नेछ ।

अहिलेसम्म संरक्षण क्षेत्रमा जान नेपालीलाई शुल्क लाग्दैनथ्यो । अब शुल्क नबुझाई उक्त क्षेत्रमा प्रवेश गरे प्रवेश शुल्कका दोब्बर जरिवाना लाग्नेछ।  ए भृकुटीमण्डपस्थित एक्याप काठमाडौंको इन्ट्री परमिट काउन्टर, लमजुङको बेसीशहर र पोखराको ड्यामसाइडस्थित इन्ट्री परमिट काउन्टरबाट प्रवेश अनुमति लिने व्यवस्था मिलाइएको छ । यी काउन्टरबाट अनुमति लिए १०० रुपैयाँ मात्रै दस्तुर लाग्ने जनाइएको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

अघिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);