सात प्रदेशमा १४ फुटबल एकेडेमी : एन्फा अध्यक्ष शेर्पा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सात प्रदेशमा १४ फुटबल एकेडेमी : एन्फा अध्यक्ष शेर्पा

Karma-Tshering

काठमाडौं, २३ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले सात वटा प्रदेशमा १४ वटा फुटबल एकेडेमी स्थापना गर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष शेर्पाले सोमबार बस्ने एन्फाको नवनिर्वाचित केन्द्रिय कार्यसमिति बैठकले फुटवल प्रशिक्षण केन्द्र स्थापनाका लागि औपचारिक निर्णय गर्ने बताए । उनले तत्काल ४५ वटा जिल्लामा फुटवल प्रशिक्षण केन्द्र स्थापना गर्ने घोषणा गरे ।

अध्यक्ष शेर्पाले एन्फाभित्र आर्थिक अनियमितता हुन नदिने प्रतिवद्धतासमेत व्यक्त गरे । नीतिगत पारदर्शिताका लागि विज्ञहरुसँग आवश्यक सुझाव लिएर काम गर्ने उनको भनाइ छ ।

उनले म्याच फिक्सिङ हुन नदिन तत्काल कानुनको आवश्यक पर्ने भएकाले त्यसको व्यवस्थापन गर्न आवश्यक पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);