नेपाल र ओमानबीच खेल जारी, नेपाल पहिले ब्याटिङ गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

नेपाल र ओमानबीच खेल जारी, नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं, २६ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र ओमानबीच प्रतिस्पर्धा जारी छ ।

ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । नेपाल र ओमानवीच पाचौ पटक आमुने सामुने भएका हुन् । यसअघिका खेलमा नेपाल र ओमानले २–२ खेलमा जित हात पारेका छन् ।

अहिले सम्म को स्थितिमा नेपालले ३१ ओवर खेल्दै ५ विकेट गुमाएर ९३ रन बनाएको छ । नेपालको लागि ज्ञानेन्द्र मल्ल ७, दिनेश नाथ १९, पारस खड्का १७, आरिफ सेख ६ र दिनेश ऐरीले २० रन बनाएका छन् ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले रोमाञ्चक जित हात पारेको थियो । नामिबियालाई १ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४ बल खेल्न बाँकी छँदा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);