ओमानलाई नेपालले दियो १३९ रनको चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

ओमानलाई नेपालले दियो १३९ रनको चुनौती

काठमाडौं, २६ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपाल र ओमानबीच भएको खेलमा नेपालले १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेकाे थियो । यस खेल सँगै नेपाल र ओमान पाँचौ पटक आमुने सामुने भएका हुन् । यसअघिका खेलमा नेपाल र ओमानले २–२ खेलमा जित हात पारेका छन् ।

आज भएको खेलमा नेपाल ४६ ओभरमै अल आउट भएको छ । नेपालको लागि ज्ञानेन्द्र मल्लले ७ रन बनाए । दिनेश नाथले १९, पारस खड्काले १७, आरिफ सेखले ६, सरद भेषवाकरले २२,  दिनेश ऐरीले २०, बसन्त रेग्मीले १, रोहित पौडेलले १४ सोमपाल कामिले १७ र  करन केसीले ४ रन बनाएका छन् । सन्दिप लामिछानेले एक बल खेलेर आउट भए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);