१६ औँ आहा रारा गोल्डकपको उपाधि नेपाल पुलिसलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

१६ औँ आहा रारा गोल्डकपको उपाधि नेपाल पुलिसलाई

फाइनलमा थ्री स्टार १-० गोलले पराजित, उपाधिसँग पुलिसले पायो सात लाख नगद

पोखरा, २० माघ । पोखरामा शनिवार सम्पन्न १६ औँ आहा रारा गोल्ड कप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनलमा थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराउँदै पुलिसले उपाधि हात पारेको हो ।

पुलिस क्लबको तर्फबाट जर्सी नम्बर १८ का रामजी वजिले खेलको अतिरिक्त समयको १०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै विजेता पुलिस क्लबले नगद सात लाख रुपैयाँसहित प्रमाणपत्र र ट्रफी जित्यो ।

पविजेता थ्री स्टार क्लबले नगद तीन लाख एकाउन्न हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफीमा चित्त बुझायो । पोखराको सहारा क्लबको आयोजनामा माघ ९ गतेदेखि सुरु प्रतियोगितामा ३ विभागीय टोलीसहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);