खेलकुदको विकास सम्बन्धमा बनेको विधेयक २०७५ माथि दफाबार छलफल | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

खेलकुदको विकास सम्बन्धमा बनेको विधेयक २०७५ माथि दफाबार छलफल

शिक्षा तथा स्वास्थ्य समिति

काठमाडौं, ११ भदौ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको दफाबार छलफल सुरु गरेको छ ।

समितिले बुधबार विधेयकमाथि संशोधन दर्ता गराउनेहरुसंग छलफल गरेको हो । विधेयकमाथिको दफाबार छलफलमा सहभागी हुँदै सांसदहरुले खेलकुद क्षेत्रको वृद्धि विकासका लागि राजनीतिक नियुक्तीलाई बन्द गर्नुपर्ने धारणा राखेका छन्।

संशोधनकर्ता लेखा समितिका सभापति भरत कुमार शाहले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा सरकारले नियुक्त गर्ने व्यवस्थाले दक्ष र योग्य भन्दा पनि राजनीतिक कार्यकर्ता नियुक्त हुने भएको सो सम्बन्धी प्रावधान संशोधन गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी सांसद विन्दा पाण्डेले तहगत रुपमा महिला सहभागिताको सुनिश्चितता गर्नुपर्ने धारणा राख्नुभयो । त्यसैगरी जीवनराम श्रेष्ठले अन्तराष्ट्रिय र राष्ट्रिय खेलाडीको परिभाषामा स्पष्ट मापदण्ड बनाउनुपर्ने तर्क गर्नुभयो । सांसद सूर्य पाठकले खेलकुदको नेतृत्व व्यवसायीक व्यक्तिलाई दिने सुनिश्चितता गरिनुपर्ने बताउनुभयो ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नयाँ ऐनले व्यवहारमा देखिएका समस्या निरुपण गर्दै खेलकुदको क्षेत्रका समस्या सम्बोधन गर्ने गरि मार्गदर्शन गर्ने गरि खेलकुद क्षेत्रको बृहत्तर हितलाई केन्द्रमा राखेर छलफल गर्न मन्त्रालय सधै तयार रहेको बताउनुभयो ।

राष्ट्रियसभामा उत्पति भएको ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ लाई राष्ट्रियसभाले पारित गरेर सुझाव सहित प्रतिनिधिसभामा पठाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);