४ वटा विधेयक दफाबार छलफलका लागि विषयगत समितिमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

४ वटा विधेयक दफाबार छलफलका लागि विषयगत समितिमा

sadan

काठमाडौं, २१ साउन । प्रतिनिधिसभाले विभिन्न ४ वटा विधेयकलाई दफाबार छलफलका लागि विषयगत समितिमा पठाएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सार्वजनिक सुरक्षा, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, लेखापरीक्षण र बीमा विधेयकलाई दफाबार छलफलका लागि विषयगत समितिमा पठाएको हो ।

गृहमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदिय मामिला मन्त्री भानुभक्त ढकालले सार्वजनिक सुरक्षा (तेस्रो संसोधन) विधेयक २०७५ , शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ र अर्थमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदिय मामिला मन्त्री भानुभक्त ढकाललले लेखापरीक्षण विधेयक २०७५ र बीमा विधेयक २०७५ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सबै प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक २७ गते आईतबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);