संसद् विघटन असंवैधानिक, पुनर्स्थापना गर्नुपर्छ : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

संसद् विघटन असंवैधानिक, पुनर्स्थापना गर्नुपर्छ : ओली

काठमाडौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल संसद् पुनर्स्थापनाको बाटोमा जानुपर्ने बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले संसद् फर्काउने मागमा अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

“देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरेको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन,” ओलीले भने ।उनले नेपाली कांग्रेस पनि सोही बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

समयमा नै दृढतापूर्वक कदम चाल्नुपर्ने उनले बताए । आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नभए मात्र संसद् पुनर्स्थापनाको माग गर्नुपर्ने सुनिएको भन्दै उनले त्यसलाई पर्खनु नपर्ने बताए ।
“संसद् विघटन असंवैधानिक, गलत छ । गैरकानुनी छ । अलोकतान्त्रिक छ, देशको हितको विरुद्धमा छ । हामीलाई थाहा छैन र रु फागुन २१ पर्खनु परेको छैन,” उनले भने ।

Leave a Reply