वरिष्ठ अधिवक्ता खरेलको रायः प्रतिनिधिसभा विघटन असंवैधानिक | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

वरिष्ठ अधिवक्ता खरेलको रायः प्रतिनिधिसभा विघटन असंवैधानिक

काठमाडौं, ५ फागुन । वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा एमिकस क्युरीको तर्फबाट दोस्रो राय दिदै उनले यस्तो जिकिर गरेका छन् ।

यस भन्दा अघि पहिलो राया दिदै मंगलबार वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले पनि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दावी गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणााको सबैधाधिनक ईजालासमा बुधबार आफ्नो राय दिदै खरेलले भने प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै बिशेषाधिकार नभएको राय दिए।

‘संविधानमा विशेषाधिकारसम्बन्धी २ वटा धारा छन्, १०३ र १८७,’ उनले भने, ‘हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार दिएको छैन । बोल्दै नबोली प्रधानमन्त्रीको हकमा फुत्त विशेषाधिकार राख्नुपर्ने किन हुन्छ ? हाम्रो संविधानले कल्पनै नगरेको विशेषाधिकार छ भन्न मिल्दैन ।’ खरेलले भने।

उनले बेलायतमा संसद विघटनको अधिकार छ भन्दैमा यहाँ लागू नहुने बताए । बेलायतमा संसदीय सर्वोच्चता रहेको तर नेपालमा संवैधानिक सर्वोच्चता रहेको उनले बताए ।

Leave a Reply

ताजा समाचार