एमिकस क्यूरीको राय सकियो, चार जनाको एउटै राय ‘प्रतिनिधिसभा विघटन असंवैधानिक’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमिकस क्यूरीको राय सकियो, चार जनाको एउटै राय ‘प्रतिनिधिसभा विघटन असंवैधानिक’

काठमाडौं, ७ फागुन । प्रतिनिधिसभा विघटनविरुद्ध सर्बोच्चमा परेको रिटमा शुक्रबार एमिकस क्युरीको राय सकिएको छ। एमिकस क्युरीका पाँच मध्य चारले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको राय दिएका छन्

यस मुद्धामा अदाललतको सहयोगीका रुपमा वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्की, बिजयकान्त मैनाली, पूर्णमान शाक्य, सतिशकृष्ण खरेल र गीता संग्रौला पाठक रहेको ५ सदस्य एमिकस क्युरी गठन भएको थियो । जसमा मैनाली बाहेकका चारले प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रधानमन्त्रीको कदम संवैधानिक नभएकोमा जोड दिएका थिए। मैनालीले भने प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको विशेष अधिकार भएको जिकिर गरेका थिए।

एमिकस क्युरीको तर्फबाट शुक्रबार अन्तिम राय पेश गर्दै वरिष्ठ अधिवक्ता गीता संग्रौला पाठकले अघिल्ला संविधान हेरेर कुनै निर्णय गर्न नमिल्ने बताईन । उनले पहिलाको संविधानमा प्रधानमन्त्रीको बिशेष अधिकार थियो भनेर नहुने जोड दिईन । उनले अहिलेको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने बिशेष अधिकार नभएको बताईन।

शुक्रबार राय दिने काम सकिएपनि बहस नोटका लगि फागुन १० सम्म समय दिएको छ। त्यसपछि अदालतले फैसलाको मिति तोक्ने छ। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सुनुवाईका लागि प्रधानन्यायधीश चोलेन्द्र शमसेर राणको नेतृत्वमा अनिलकुमार सिन्हा, विश्वाम्भर लाल श्रेष्ठ सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक ईजालास गठन भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);