प्रधानमन्त्री ओलीको कटाक्षः ‘वैद्यदेखि झाँक्रीसम्म पुगे प्रचण्ड, तर कसैले बचाउन सक्दैन’ | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

प्रधानमन्त्री ओलीको कटाक्षः ‘वैद्यदेखि झाँक्रीसम्म पुगे प्रचण्ड, तर कसैले बचाउन सक्दैन’

विराटनगर, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई कटाक्ष गरेका छन् । नेकपा ओली पक्षको प्रदेश १ ले विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बारम्बार साथ छोड्ने प्रचण्डको शैली गलत भएको आरोप लगाए ।

बारम्बार साथ परिवर्तन गर्ने प्रचण्डको शैलीलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पहिला उहाँसँग वैद्य हुनुहुन्थ्यो, उहाँले छाड्नुभयो डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ, उहाँलाई झाँक्रीले बचाउन सक्दैन ।’

विकासमा व्यवधान खडा गरेकाले प्रचण्डले अब नेपालको राजनीतिमा सफलता पाउन नसक्ने ओलीले बताए ।

प्रतिनिधि सभा विघटनपछि नेकपा दुई पक्षमा विभाजित भएको छ । विभाजित दुबै पक्षबीच प्रदर्शनको होडबाजी चलिरहेको छ ।

Leave a Reply

ताजा समाचार