सरकार पुनर्गठन र राजेन्द्र महतोको बहुराज्य सपना (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकार पुनर्गठन र राजेन्द्र महतोको बहुराज्य सपना (भिडियाेसहित)

प्रधानमन्त्री के पी शर्मा ओलीले पुनः सरकार पुनर्गठन संगै बहुलराज्य माग पुरा गर्न सरकार मा बसेर संघर्स गर्ने अभिव्यक्ति दिएका उपप्रधानमन्त्री राजेन्द्र महोतो अहिले चर्चामा छन । यसको सर्वत्र आलोचना भइरहेको छ । लोचना का स्वोरहरु मुखरित भैरहेका छन। सधै भरि विभिन्न सब्द जाल फ्याक्दै नेपालीमा फुट ल्याएर आफ्नो स्वार्थ सिद्द गर्नमा माहिर छिमेकी को भक्तिभाव मा लिप्त रहने राष्ट्रिय अनि क्षेत्रीय तत्व फेरी एकपटक राजनीति मा हाबी देखिन खोज्दै छ ।

यो पुनर्गठन ले दिन खोजेको सन्देस देस को निमित्त निरासा जनकछ । अप्रकृतिक छ,त्यतीमात्र होइन चरम बिकृति र विसंगति ले ओतपोत छ । बिडम्बना नै भन्नुपर्छ, झन्डै दुइतिहाई को बहुमत को सरकार तहस नहस पारियो । सरकार मात्र ओरालो लागेन पार्टी हरु समेत धुजा धुजा पारियो । एकले अर्कोलाई नंग्याउन सम्म नंग्याए, चरम तिक्तता पूर्ण बाताबरण बनाए र जोरिपारी हसाए । अर्काको डम्फु को तालमा नाङ्गो नाच मंचन भयो ।

भाई भाई फुटाउन क्रियाशील छिमेकी फेरी एकपटक सफल भयो, । अस्थिरता ले जित्यो, हाम्रा नेताहरु मात्र हारेनन सिंगो राजनीति नै हार्न पुग्यो । ०७२ साल मा प्रधानमन्त्री हुदा नाकाबन्दीलाई परास्त गर्न साहसिक र निर्णायक भूमिका खेलेकै कारण प्रधानमन्त्री ओलीलाई राष्ट्रबादी नेताको कित्ता मा जनता ले मुल्यांकन गरेका थिए, । त्यसवेला नाकाबन्दी मा भारत को सहयोगी बन्दै तत्कालिन प्रधानमन्त्री ओली को हुर्मत लिन पछि नपरेको शक्ति संगको गठजोर ले स्वयम प्रधानमन्त्री लाई जनता ले कसरि हेर्ने हुन्, त्यो हेर्न केहि समय पर्खिनै पर्ला ।

एउटा बास्तबिकता के हो भने, गत बर्षको नेपालले जारी गरेको नयाँ चच्ुचे नक्सा को सन्दर्भमा संसद भवनबाट व्यक्त प्रधानमन्त्री को बक्तब्य ले आफ्नो सिर ठाडो भएको महसुस गर्दै अनेकौ पिडा र महामारी कै बिचमा समेत आशाबादी सोच बनाउने नेपाली जनताहरु, वर्तमान राजनीति हेरेर स्वयम प्रधानमन्त्रीसंग नै निरास हुने अवस्था देखिएको छ । जस्तो सुकै अवस्था मा पनि आफना पराय हुदैनन्, पराय आफ्ना हुन हुदैनन् भन्ने नेपाली सोच यति बेला सरोकार वाला राजनीतिक व्यत्तित्वहरुले बुझ्न नसक्दा देस कोराना महामारी भन्दा पनि ठुलो राजनीतिक महामारी को दलदल मा फस्दै छ ।

राजनीति घृणा को बिषय बन्दैछ, नेताहरु घिणित पात्र को रुप मा आफ्नो परिचय दिरहेका छन् । राजनीति र पात्र दुवै, जनता ले तिरस्कार गरिदिए भने परिणाम के होला? कहाँ पुग्ला सम्ृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प? राजनेता बन्नलाई राजनीति का नैतिक मूल्य र मान्यता लाई आत्मसाथ गर्नुपर्नेहुन्छ ्र आपसी तिक्तता बाट प्राबिधिक रुपमा अप्रकृतिक गठबन्नको भरमा केहि समय सरकार त टिक्ला तर यसले कसैलसँग कोहि पनि सन्तुष्ट हुन सक्दैन ।

अहिले नेकपा एमाले भित्रका अत्यन्त सहयोगी हरु को मुख बन्द भएको छ,। खुल्ला मनले बोल्न सकेका छैना । यस्तो परिवेशमा राजनेता को लागि सत्ता भन्दा प्रतिपक्षको भूमिका सर्वथा प्रसंसा योग्य हुनसक्छ । नेपाली जनताले निरासाजनक पात्र को रुपमा चित्रण गरेका पात्रहरु हाबी भएको सरकारबाट ठोस आशा गर्न सकिदैन । संघियता, जातियता, क्षत्रीयता, भाषा, र संस्कृति हुदै बहु राज्य जस्ता, नेपाली जनता ले पटक्कै नरुचाउने शब्द जाल ले भरिएको चरम बिभाजन तपÞर्m को गन्तब्य उन्मुख वर्तमान सत्ता समिकरण का पात्र हरु बाट कुनैपनि नेपाली को अपेक्षा पुराहुने आशा कसैमा देखिएको छैन ।

त्यसैले छिटो भन्दा छिटो राष्ट्रिय शक्तिहरु एक हुदै गम्भीर भएर बिग्रेको राजनीति लाई सहि ठाउँमा ल्याउन जरुरी छ्र । देस रहे नेता रहने हो, राजनीति हुने हो । देस नै संकट मा गए के राजनीति के नेता, समय छदै होसियारी नअपनाए, पछि पछुताउनु को कुनै अर्थ रहने छैन ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);